रौतहटमा प्रहरीद्वारा अवैध रुपमा सञ्चालित घरेलु मदिरा उत्पादन गर्ने भट्टीसहित मदिरा नष्ट

17.1k Shares

रौतहट । रौतहट प्रहरीले अवैध रुपमा सञ्चालित घरेलु मदिरा उत्पादन गर्ने भट्टी नष्ट गरेको छ ।  प्रहरी टोलीले रौतहटको परोहा नगरपालिका ५, राजपुर नगरपालिका ५ र मौलापुर नगरपालिका ९ मा अवैध रुपमा सञ्चालित मदिरा भट्टी नष्ट गरेको हो ।

प्रहरीले ५६० लिटर तयारी मदिरा र ३२०० लिटर  मदिरा बनाउने कच्चा पदार्थ समेत बरामद गरिएको र स्थानीय भद्रभलाद्मीको रोहबरमा नष्ट गरिएको छ । त्यस्तै मदिरा उत्पादन गर्ने ६ थान मेसिन, ११ थान भाडा र १० वटा ड्रम समेत बरामद गरिएको  जिल्ला प्रहरी कार्यालय रौतहटले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । 

 

सम्बन्धित समाचार