धार्मिक सद्भाव कायम राख्न हर्क साम्पाङको अपिल

877 Shares

काठमाडौँ– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले देशमा देखिएको धार्मिक तथा साम्प्रदायिक तनावको समाधान संवाद, सहकार्य र आपसी सम्मानबाट मात्रै सम्भव हुने बताएका छन् ।

आज (शुक्रबार) एक सन्देश जारी गर्दै उनले नेपाल सबै नेपालीको साझा देश भएकाले सबै धर्म मान्ने नागरिकको अधिकार सुनिश्चित हुनुपर्ने बताएका छन् । त्यसका लागि सबै धर्म र धार्मिक आस्थाप्रति उच्च सहिष्णुता आवश्यक रहेको उनको भनाइ छ।

साम्पाङले श्रम संस्कृति पार्टीले सबै धर्मप्रति समान सम्मान राख्ने र कुनै धर्मलाई नजिक वा टाढाको दृष्टिले नहेर्ने स्पष्ट पारेका छन् ।

हाल देखिएको धार्मिक तथा साम्प्रदायिक द्वन्द्वको समाधानका लागि सबै पक्ष, राजनीतिक दल, नागरिक समाज र सरोकारवालाले सकारात्मक मनस्थिति र प्रतिबद्धताका साथ संवाद र सहकार्य गर्नुपर्नेमा उनले जोड दिएका छन्।

उनले सरकारले शान्ति र सुव्यवस्था कायम गर्न नेतृत्वदायी भूमिका खेल्नुपर्ने उल्लेख गर्दै श्रम संस्कृति पार्टी सधैं सकारात्मक सहयोग गर्न तयार रहेको बताएका छन्।

साम्पाङले कुनै पनि माध्यमबाट धार्मिक सद्भाव खलबल्याउने वा परिस्थितिलाई थप बिगार्ने खालका अभिव्यक्ति नदिन सबैमा हार्दिक अपिल गरेका छन्।harka-rai.jpg

सम्बन्धित समाचार