हेटौंडा, १६ असोज । बिबादका बिचमा हिजो स्थगित भएको बागमती प्रदेश सभा बैठक आज पनि सुचारू हुन सकेन् ।प्रतिपक्षी नेकपा एमालेले बिरोध जनाए पछि हिजोको बैठक सभामुख भुवन पाठकले १५ मिनेटका लागि स्थगित गरेका थिए । पछि पुनः बस्न नसके पछि मंगलबार दिउँसो २ बजेका लागि बैठक बोलाइएको हो। तर, मंगलबार पनि बैठक बस्न नसके पछि बुधवार ४ बजेका लागिसम्म स्थगित गरिएकाे छ ।
प्रदेश सरकारले ल्याएको प्रदेश स्तरको चिठ्ठा व्यवस्थापन तथा नियन्त्रण गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पेश गर्ने क्रममा प्रमुख प्रतिपक्ष दल एमालेले साेमबारकाे बैठकमा अबरोध गरेको थियाे । त्यसपछि बागमती प्रदेशसभा सचिवालयले सूचना टाँस गरेर मंगलबार २ बजेसम्मका लागि संसद स्थगित गरिएको जनाएको थियाे तर मंगलबार पनि बैठक सुचारू नै नभइ स्थगित गरिएकाे छ ।
सो बिधेयक गत वैशाख १२ गते संसदबाट पारित भइ प्रदेश प्रमुख कार्यालयमा गएको थियो तर प्रदेश प्रमुख यादवचन्द्र शर्मा समक्ष प्रमाणीकरणका लागि पेश भएको उक्त विधेयक फिर्ता गरिदिएका थिए । गत जेठ ७ गते पुनः संसदमा फिर्ता भएको उक्त बिधेयकमा भएका त्रुटिहरू सच्याउन सुझाव सहित पुनः छलफलका लागि प्रदेश प्रमुख शर्माले संसदमा फिर्ता पठाएका थिए ।
तर, सोही फिर्ता भएको चिठ्ठा विधेयक सरकारले एकाएक सोमबारको बैठकमा पेश गर्न खोजे पछि हिजोको बैठकमा घम्साघम्सी भएको हो । एमालेले प्रदेश प्रमुखको सुझाव समेटेर मात्रै विधेयक संसदमा पेश गर्न भने पनि प्रदेश सरकारले जस्ताको तस्तै पुनः ल्याए पछि संसदमा घम्साघम्सी भएको हो ।
अब प्रदेशसभा बैठक बुधबार ४ बजे बस्ने गरी बाेलाइएकाे छ ।