पेट्रोलियम पदार्थको मूल्यवृद्धि २४ घण्टा भित्र फिर्ता लिन नेविसंघको अल्टिमेटम

19.2k Shares

काठमाडौं– सत्तारुढ दल नेपाली कांग्रेसनिकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि २४ घण्टा फिर्ता लिन सरकारलाई अल्टिमेटम दिएको छ। मूल्यवृद्धि फिर्ता नभए कडा प्रतिवाद गर्ने उक्त संगठनको चेतावनी छ। 

नेविसंघ अध्यक्ष डुजाङ सेर्पाले विज्ञप्ति जारी गर्दै आम नागरिकको चुह्लो नबल्ने गरी पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता गर्न आग्रह गरेका छन्। 

खाना पकाउने ग्याससँगै डिजेल, पेट्रोल र मट्टितेलको अस्वभाविक मूल्यवृद्धि मान्य नहुने विज्ञप्तिमा जनाइएको छ। 

सम्बन्धित समाचार