ललितपुर । एम्स कलेजमा स्नातक अध्यनरत विद्यार्थीहरुसमक्ष सिर्फाड एजुकेसनल कन्सल्टेन्सीले 'विदेश अध्ययन र परीक्षाको तयारी' विषयक चेतना मुलक फ्री सेमिनार कक्षा आयोजना गरेको छ । आज सोमबार विहान ८ बजे लगनखेल अवस्थित एम्स कलेजको परिसरभित्र आयोजना गरिएको उकत कार्यक्रममा ४५ भन्दाबढी विद्यार्थीहरुले आफ्नो सहभागीता जनाएका थिए ।
कार्यक्रममा स्पीकर/प्रेरकको रुपमा कुमारीपाटी अवस्थित सिफाेर्ड एजुकेसनल कन्सल्टेन्सीका सञ्चालक सनम कुमार महर्जनले बक्ताको रुपमा आफ्नो प्रस्तुती दिनुभएको थियो । कार्यक्रममा महर्जनले विद्यार्थीहरु विदेश अध्यनन जाँदा कहाँ, कसरी र के/के कुरामा ध्यान दिनुपर्ने भन्ने बारे चेतना मुलक जानकारी प्रभाव गर्नुभएको थियो ।
विदेश अध्यनन जाँदा कसरी सचेत र बाठो बन्ने? ठगीनुबाट कसरी जोगीने? लगायत विदेशमा गएपछि निम्तिने समस्याहरुबाट समाधान कसरी खोज्ने? लगायत अन्य यावत् विषयबस्तुप्रति शिक्षा प्रदान गर्नुभयो । करीब १ घण्टासम्म चलेको उक्त कार्यक्रमको बीचबीचमा महर्जनले विद्यार्थीहरलाई आईक्यू प्रश्नहरु पनि सोध्नुभएको थियो जसमा ठीक उत्तर दिने विद्यार्थीहरुलाई उपहारको पनि व्यवस्था पनि सिफोर्डले गरेको थियो ।
कार्यक्रमको आयोजक एम्स कलेज रहेको थियो भने मिडिया पार्टनरको रुपमा खोजतलास पत्रिका रहेको थियो । सिफोर्ड कन्सल्टेन्सीले समयसापेक्ष विद्यार्थीहरुलाई लक्षित गर्दै यस्ता जनचेतना मूलक कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ ।







