युवती बलात्कार आरोपमा बालक पक्राउ

15.6k Shares

बझाङ, ८ असोज । बझाङमा युवती बलात्कार आरोपमा एक बालक पक्राउ परेका छन् । छबिसपाथिभेरा गाउँपालिका बस्ने २८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा १३ वर्षीयलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।


प्रहरीका अनुसार शारीरिक रुपमा अशक्त युवतीलाई बलात्कार गरेर फरार भएका बालकलाई पुरानो घरमा लुकेर बसेको अवस्थामा पक्राउ गरेको हो । युवतीमाथि बलात्कार भएको उनकी आमाले देखेपछि घटनाबारे थाहा भएको प्रहरीले जनाएको छ । 
 

सम्बन्धित समाचार