17.5k
Shares
काठमाडौं, ८ असोज । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा मनकामना इन्जिनियरिङ हाइड्रोपावरको आईपीओ सूचीकृत भएको छ ।
कम्पनीको चुक्ता पुँजीका आधारमा कायम कुल ८० लाख कित्ता सेयर आइतबार सूचीकृत भएको हो । नेप्सेले यसको ओपनिङ रेन्ज प्रतिकित्ता ७४ रुपैयाँदेखि २२२ रुपैयाँसम्म तोकेको छ । सोमबारबाट यसको पहिलो कारोबार सुरु भएको छ।