नक्कली नोटसहित एकजना पक्राउ

16.1k Shares

सुनसरी, ५ असोज । ईटहरी उपमहानगरपालिका-६ हटिया लाईनबाट १ हजार दरको १६ सय थान नक्कली नोटसहित संखुवासभा पाँचखपन नगरपालिका-५ खमारे बस्ने २५ वर्षीय बिवेक राईलाई  प्रहरीले पक्राउ गरेको छ ।

 विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको प्रहरीले उनलाई उक्त नोटसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित समाचार