थायरोइडको समस्या र समाधान के हो ?

19.6k Shares

आजकल अधिकांशलाई थायरोइडको समस्या भएको देखिन्छ त्यसैले थायरोइडको समस्या के हो बुझौं । 
यो रोग दुई भेराईटीमा हुन्छ ।
१) एउटा अंग नै बिकृति हुने  । 
२) अर्को  हर्मोन अपडाउन हुने ।
१) थायरोइट ग्रन्थीमा आउने समस्याहरुमा अधिकांश समस्या थायरोइड  ग्रन्थी सुन्निने, सिस्ट, ट्युमर पलाउने, क्यान्सर हुने जस्ता समस्या हुन् । ग्रन्थीमा समस्या उत्पन्न हुने बितिकै खाना मिलाउँदा समस्या निको हुन्छ तर ट्युमर धेरै ठूलो भइसकेको, क्यान्सर भई सकेको हो भने अपरेशन गरेर ट्युमर र क्यान्सर निकाल्नु पर्ने हुन्छ । अपरेशन गरिसकेपछि पनि उसले आहार मिलाई रह्यो र हर्मोनको औषधि नियमित खाँदा ऊ सामान्य अवस्थामा रहन सक्छ । थायरोइड ग्रन्थी सुन्निएको, ट्यूमर भर्खरै भएको भए यी निम्न आहारहरु नखानु पर्छ । माछा, मासु, अण्डा, दुग्ध पदार्थ, मैदा जन्य पदार्थ, प्रोटिन प्रधानमा दुई दलिय अन्नहरु रक्तअम्ल बढ्ने तरकारीहरुमा जस्तै तोरीको साग, पालुङ्गोको साग, कुरिलो, भान्टा, फर्सी, लौका, कर्कलो, गाँठे मुला, मुला, स्कुस, च्याउ, काँक्रो, काउली, बन्दा, स्कुशको मुन्टा, कटहर, हरियो मकै, फलफुलमा मेवा, सुन्तला, आँप जस्ता कुराहरु पनि नखानु पर्छ । 
यी खाने कुराहरु नखाएपछि ग्रन्थी सुन्नेको छ भने भर्खरै ट्युमर सिस्ट पलाएको छ भने निको हुने हुन्छ । त्यसको साथसाथै घाँटीमा तातो हत्केलाले सेक्ने अभ्यास रेकी दैनिक २०—३० मिनेट गर्न सकिन्छ । 
यो अंगमा विकृति हुने समस्या एकदम कमै मात्र हुन्छ । ९९ प्रतिशतभन्दा बढीको समस्या थायरोइड  हर्मोन घटीबढी हुने समस्या हो । 
२) अर्को कारण भनेको थायरोइड हर्मोन घटीबढी हुने समस्या हो । अहिले हर्मोनमा ३ थरी हर्मोन जाच्ने चलन छ ।  T3, T4, TSH यी ३ थरी हर्मोन कम या बढी भयो भने थायरोइड  भयो भन्ने चलन छ तर यसमा ग्रन्थी केही नभई रगतमा हर्मोन गढबढी भएको हुन्छ । 
थायरोइट ग्रन्थी हाम्रो शरीरमा हुने प्रमुख ग्रन्थीहरु मध्ये एक हो । यो ग्रन्थीले शारीरिक र मानसिक बिकासमा सहयोग गर्ने, शरीरमा पाचन मेटावोलिक कार्य सन्तुलन गराउँने, शरीरको बृद्धि विकाश गर्ने, शरीरका अंग मुटु, मस्तिष्क, स्नायु प्रणालीलाई सघाउँने तौल नियन्त्रणमा प्रमुख भुमिका खेल्ने काम गर्छ ।
थायरोइड  ग्रन्थी  घाँटीमा C5-T1 सम्म Larynx Trachea  को अगाडी रहेको हुन्छ । यो ग्रन्थीको  २ खण्ड हुन्छ । हरेक खण्डको पछाडि किनारमा २-२ वटा Parathyroid Gland  हुन्छन् । Pituitary ग्रन्थी निधारको भित्रतिर हुन्छ । अन्तश्रावी ग्रन्थी मध्ये पिट्युटरी ग्रन्थी मुख्य ग्रन्थी हो । T3 (triiodothyronine), T4 (thyroxine)  थायरोइड  ग्रन्थीबाट निस्कने हर्मोन हो TSH भने पिट्युटरीबाट निस्कने हर्मोन हो । मुख्य थायरोइडको समस्या भनेको TSH  घटी या बढी हुने नै हो । 


हर्मोनको जाँच गर्दा यो भन्दा कम या घटी भयो भने यसलाई थायरोइडको समस्या भनेर बुझ्ने गरिन्छ । 
थाइराइट हर्मोन टेस्ट गर्दा TSH कम भयो भने T3 र T4 बढ्छ TSH बढी भयो भने T3 र T4 घट्छ । यी २ बिच उल्टो सम्बन्ध भएको छ कि छैन चेक गर्नुपर्छ उल्टो सम्बन्ध भएको छैन भने थाइराइटको समस्या त्यति भएको हुँदैन तर आजकल त्यो उल्टो सम्बन्ध चेक नगरिकन नै औषधी खाईहाल्ने चलन चलेको छ । 

 Hyperthyroidism मा आउने लक्षणहरु ः
•    भोक र प्यास बढ्छ र धेरै खाए तापनि दुब्लाउँदै जाने ।
•    काँध तथा पेल्भिसका मांशपेशी निर्वल हुने ।
•    कम परिश्रममा पनि छिटै थाक्ने ।
•    मुटुको चाल तिब्र हुने ।
•    श्वास बढ्ने, श्वास छोटो हुने ।
•    पसिना बढी आउने, छाला अलि ओसिलो हुने ।
•    पिसावको मात्रा बढी हुने, राती ३—४ पटक पिसाव हुने ।
•    रिस उठ्ने, दुःख लाग्ने, निन्द्रा पनि कम लाग्ने ।
•    मन चञ्चल हुने, एक ठाउँमा लामो समयसम्म बस्न नसक्ने, एकाग्र नहुने आदि लक्षण देखा पर्छ ।
•    BMR बढ्छ ।
•    यस समस्यामा गलग्रन्थी बढ्छ तर धेरै ठूलो देखिँदैन । 
यी माथिका लक्षण सबैमा देखा नपर्न पनि सक्छ । 

Hypothiroidism मा आउने लक्षणहरु ः
•    गलग्रन्थी क्षीण भएर २५ ग्रामबाट ४—५ ग्राममा पुग्छ । 
•    शरीरको उपापचय दर घट्दै जान्छ 
•    कोलेस्टेरोल बढ्न जान्छ, चिसो सहने क्षमता कम हुन्छ, गर्मी रुचाउने हुन्छ ।
•    तौल बढ्न जान्छ तर शरीरको शक्ति कम हुन्छ । 
•    छाला खस्रो र सुन्निए जस्तो हुन्छ । तर, दबाउँदा दाग बढ्दैन । 
•    मानसिक मन्दता र मुर्छा पनि पर्न सक्छ ।
शरीरमा आयोडिनको कमिले गलगाँडको जटिलताको रुपमा वा लामो समयसम्म थायरोइड  ग्रन्थीको सूजनको सूजन कायम रहनाले वा थायरोइड हर्मोन विरोधी औषधीको कारणले यो समस्या उत्पन्न हुन्छ भनी मानिएको छ । 
शरीरमा आयोडिनको कमीले थायरोइड ग्रन्थीबाट निस्कने रस (हर्मोन) T3 र T4 को कमी भएमा घाँटीमा डल्लो निस्कनेलाई गलगाँड भनिन्छ । T3 र T4  कम निस्कँदा TSH बढी निस्कन्छ । TSH  ले थाइराइट ग्रन्थीलाई उत्प्रेरित गर्दछ । खानामा आयोडिनको कमीले यो गलगाँड आउने त्यो मात्र कारण भन्न मिल्दैन किनभने आयोडिन नभएको खाद्य पदार्थ केही छैन त्यसैले यसको मूल कारण अनुचित आहार विहार विचार नै हो । 

थायरोइड  हर्मोन बढी या घटी हुँदा देखापर्ने अन्य लक्षणहरुमाः
•    निन्द्रा बढी लाग्ने या लाग्दै नलाग्ने ।
•    भोक बढी लाग्ने या लाग्दै नलाग्ने ।
•    चिन्ता बढी हुने ।
•    चिडचिडाहट, घवराहट हुने ।
•    गर्नुपर्ने काम गर्न मन नलाग्ने, खानुपर्ने खान मन नलाग्ने, जानुपर्ने ठाउँमा जान मन नलाग्ने, नगर्नुपर्ने भने गरुँ गरुँ लाग्ने ।
•    रातभरी निन्द्रा नलाग्ने दिनभरी सुतु सुतु लाग्ने ।
•    महिनावारी गढबढी हुने ।
लक्षणहरु जे नगर्नुपर्ने गरुँगरुँ लाग्ने जे गर्नु पर्ने हो गर्न मन नलाग्ने लक्षण देखा पर्छ । मन पर्यो गर्यो मन परेन नगर्ने लक्षण देखा पर्छ । चर्को रिस र चिन्ता डर हुँदा  TSH ह्वात्तै बढेर रातभरीमा ३०—४० सम्म पुगेको रेकर्ड पनि छ । चर्र्को उत्तेजनाले नै  TSH घटबढ हुन्छ । 

थायरोइडको समाधान ः
हाम्रो समाजमा थायरोइडले मोटाउँछ, दुब्लाउँछ भन्ने गरिन्छ तर त्यो पूर्ण सत्य होईन । मोटोपन दुब्लोपन सबै खानपानसँग सम्बन्धित छ । सामान्य शरीर संचालन गर्न जति खानुपर्ने हो त्यो भन्दा बढी खाँदा नै मोटाउने हो । थायरोइड हर्मोन बढी या घटी हुने मुख्य कारण विचार ढाँचामा भर पर्दछ । आफैले विचार मिलायो भने यो रोग ठिक हुन्छ किनभने विचार गर्ने आफै नै हो । विचार मिलाउन नसक्ने अवस्था छ भने औषधीको सेवन गर्नुपर्छ । मैले कसरी विचार गर्नुपर्ने रहेछ भनेर जिज्ञासु भएर कुरा बुझ्यो भने रोग तुरुन्तै निको हुन्छ । गुनासोको ठाउँमा जिज्ञासु भएर गर्नुपर्ने काम गर्दा समस्याको समाधान हुन्छ । 
पिट्युटरी ग्ल्याण्डबाट आउने हर्मोनको आधारमा थायरोइड हर्मोनले काम गर्ने हो । पिट्युटरी ग्रन्थीलार्ई मस्तिष्कको हाइपोथालामसले चलाउँछ त्यसलाई मस्तिस्कले चलाउँछ । मस्तिष्कलाई विचारले चलाउँछ । विचार गर्ने व्यक्ति स्वयमंले हो । त्यसैले थायरोइडको समस्या मुख्य गरेर विचार ढाँचासँग सम्बन्धित छ । व्यक्तिले गर्ने मनपर्ने र नपर्ने ढाँचा र मान्ने र नमान्ने ढाँचा यसमा प्रमुख रुपमा रहेको हुन्छ । व्यक्तिले कि मन परेर केही गरिरहेको हुन्छ कि मन नपरेर केही गर्दैन । मन परेको विषय, बस्तु वा व्यक्ति परिस्थिति पाए खुशी हुने, नपाए दुःखी हुने हुन्छ किनभने त्यो परिस्थिति सदा नहुन सक्छ । भएको हटाउन वा नाश हुन सक्छ । त्यसैले व्यक्तिले मनपर्ने र नपर्ने, मान्ने र नमान्ने ढाँचाको आधारमा विचार नगरी मैले के गर्दा ठीक हुन्छ भनी सत्य बुझ्ने काम गरेपछि यो समस्याबाट मुक्त होइन्छ । शरीरलाई मापदण्ड बनाएर विचार गरेपछि र बुझेको तथ्यलाई व्यवहारमा उतारे पछि मात्र सम्पूर्ण समस्याको जडसम्म समाधान हुन्छ । खाने शरीरको लागि कि जिब्रोको स्वादको लागि भनेर विचार गर्दा मिठो र नमिठो भन्ने कुरा मनचिन्त्य हुन थान्छ । ६ वटा स्वाद बाहेक संसारमा मिठो र नमिठो स्वाद छैन । यति कुरा बुझेपछि मान्छेले मोटाउने गरी आहारको सेवन गर्दैन । 
अर्को कुरा आफ्नो मात्र कल्याण गर्ने निहित स्वार्थभावले पनि यो रोग ल्याएको हुन्छ । आफ्नो मात्र कल्याण गर्न खोजेसम्म मान्छेको मन अशान्त रहन्छ । परकल्याण नै आत्मकल्याणको प्रस्थान विन्दु हो भनेर नबुझ्यो भने मन शान्त हुन सक्दैन । जव मन अशान्त हुन्छ यो रोग निको हुँदैन । त्यसैले शान्त मन हुनको लागि मनमा सदैब उचित बिचारले बास गरेको हुनुपर्छ । भय ईष्या, लोभ, घृणा क्रोध प्रतिशोध, असन्तुष्टी, छलछाम, ठगी, धुत्र्याई आदि कुबिचार कुलत त्यागी सद्विचार निर्भय, शाहस प्रेम, करुणा सबैको भलो होस् भन्ने मैत्रीपुर्ण विचारले नै मन शान्त रहन्छ । शान्त मन रहेपछि मात्र हर्मोन सन्तुलनमा रहन्छ ।
हर्मोन साह्रै अपडाउन भएको अवस्थामा औषधी प्रयोग गरेर हर्मोन ब्यालेन्स गर्नुपर्ने हुन्छ । हर्मोन व्यालेन्स भएको अवस्थामा उसले उचित विचार ढाँचा सिक्यो भने रोग निको हुन्छ । सिकेन भने जिन्दगी भरी औषधी खानुपर्ने हुन्छ । 
विचार ठीक रहन आहार र विहार पनि उचित हुनु पर्छ । विहान सबेरै दिसा खलासहुने गरी निस्कासक आहारको ग्रहण गर्ने र शरीरका सम्पुर्ण जोर्नी संचालन हुने गरी योगब्यायाम, प्राणायाम, ध्यान गर्नाले यो समस्या मात्र होईन सबै समस्याहरु जरै बाट निर्मुल हुन्छ । उचित विचार ढाँचाको पथ प्रदर्शनमा उचित आहार र विहार गर्दा यो रोग पुर्णरुपमा निको हुन्छ । (सांभार निरोग आनन्दको रहस्य र ७ दिने शिविर)

 

सम्बन्धित समाचार