प्रधानमन्त्री ओली र सभामुख सापकोटाबीच बालुवाटारमा भेटवार्ता

17.7k Shares

काठमाडौं । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । १५ चैत्रमा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटवार्तामा संसदलाई प्रभावकारी बनाउने र सार्वजनिक महत्वका विधेयकलाई अगाडि बढाउने विषयमा कुराकानी भएको हो ।
सभामुखले प्रधानमन्त्रीलाई भेट्नको लागि आफूले समय मागेको यसअघि पनि बताएका थिए । समय मागेको तीन दिनपछि सभामुखले प्रधानमन्त्री ओलीलाई भेटेका हुन् । पछिल्लो समय सरकारले संसदलाई विजनेश नदिएको भनेर सांसदहरुले समेत आलोचना गरिरहेको बेला  प्रधानमन्त्री ओली र सभामुखबीच भेटवार्ता भएको हो ।

सम्बन्धित समाचार