रौतहट । रौतहटको कटहरिया–५ मा गए राति युवकलाई छुरा हानेर हत्या गरेको आरोपमा पक्राउ पर्नेको सङ्ख्या पाँच पुगेको छ। शुक्रवार बेलुका साढे सात बजे दुई पक्षीय झडपमा एक समूहले सुनिल राय यादवलाई छुरा हानेर हत्या गरेका थिए।
कटहरिया ५ खानेपानी कार्यालय छेउमै सुनिल यादव दाजुभाइ र अर्को पक्षबीच भनाभन हुँदै झडप सुरु भएको थियो। झडपको क्रममा उक्त समूहले सुनिल यादवको देब्रे कोखामा धारिलो हतियार छुरी प्रहार गरेका थिए। लगत्तै उनको मृत्यु भएको थियो ।
प्रहरी टोलीले घटनामा संलग्न रहेको आरोपमा कटहरिया ५ का रामबाबु साह सोनारका २५ वर्षीय छोरा बद्री साह सोनार र उनको काका लक्ष्मी साहको छोरा वर्ष २३ का किसन साहलाई नियन्त्रणमा लिएको थियो । खोजतलासको क्रममा कटहरिया गाउँमा लुकेर बसेका रामबाबु साह सोनार र दुई जना महिलालाई पनि नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ ।