ललितपुर । स्थानीय तहले पहिराे हटाउने कार्य गरिरहेकाे अबस्थामा संघीय सांसदले प्रक्रिया नपुगेकाे भन्दै राेकेपछि चाैतर्फी रूपमा स्थानीयले विराेध जनाएका छन्।
कान्तीलाेकपथ अन्तर्गत गाेदाबरी नगरपालिका वडा नम्बर ६, टीकाभैरब खण्डमा हिजाे खसेकाे ठूलाे सुख्खा पहिराेका कारण पुर्णरूपमा यातायात सेवा अबरूद्ध भएकाे छ ।
पहिराेसँगै सडककाे बिच भागमा खसेकाे विशाल ढुङ्गाका कारण सवारीसाधन बिच सडकमै राेकिदा यात्रुहरूले सास्ती भाेग्नु परिरहेकाे छ ।
यस्ताे अबस्थामा पहिराे हटाएर सवारी साधनलाई सुचारू रूपमा संचालनमा ल्याउनुकाे साटाे राजनीतिकरण गरि अबरूद्ध गर्नेकाम संघीय सांसद बुुद्धधरत्न महर्जनले गरेकाे स्थानीयले गुनासाे पाेखेका छन् ।

पहिराे जानासाथ स्थानीय साधन स्राेत प्रयाेग गरि स्थानीय तहका जनप्रतिनिधीकाे पहलमा पहिराे हटाउने कार्य भईरहँदा संघीय सांसद महर्जनले प्रक्रिया पुराएर गर्नुपर्ने भन्दै राेकेपछि स्थानीय बासी अाक्राेसित बनेका छन् ।
स्थानीयवासी र यात्रुहरूले सडक खुलाउने कार्यमा ढिलाईप्रति चासाे राख्दै चाँडाे भन्दा चाँडाे पहिराे हटाई सडक सुचारू गर्न माग गरेका छन् ।