17k
Shares
काठमाडौँ । लोकप्रिय नेपाली चाउचाउ कम्पनी यशोदा फुड्सले आफ्नो ब्रान्ड एम्बेसडर अभिनेत्री केकी अधिकारीलाई घोषणा गरेको छ । यशोदा फुड्सले आफ्नो लोकप्रिय उत्पादन करेन्ट नुडल्स तथा स्न्याक्सको लागि ब्रान्ड एम्बेसडर चयन गरेको हो ।
यशोदा फुड्स प्रा.लीले सन् २०१७ मे महिनादेखि आफ्नो व्यवसायको थालनी गरेको थियो । सुरुवाती दिनमा लाली र करेन्ट ब्राण्ड अन्तर्गत तयारी चाउचाउ उत्पादन गर्ने सोचका साथ रुपन्देहीको तिलोत्तमाबाट कम्पनीले आफ्नो उत्पादनको सुरुवात गरेको थियो । हाल कम्पनीले विभिन्न ब्राण्डका चाउचाउ तथा स्न्याक्सहरु उत्पादन गरी नेपाल तथा विश्वका विभिन्न मुलुकहरुमा निर्यात गर्दै आइरहेको छ ।