पारिवारिक तिरस्कारले घर छाडेका ८० बर्षिय वृद्ध धनुषाको जंगलमा अलपत्र

20.3k Shares

महोत्तरी/शरीर लकलक कामिरहेको छ । बोल्दा ओठ लरबराइरहेका छन । कपाल र दारी सेतै फुलेको छ ।  जंगलको विचमा एउटा झुल टागीएको छ । 

एक वृद्ध कमजोर शरीर लिएर यही सुनासान अनकण्टार ठाउँमा २२ दिनदेखी बसिरहेका छन ।

बल्वा नगरपालिका वडा न.११ रौजाका मोहम्मद एलाही शेख घरवाट निस्किएको २२ दिन भयो ।

शेखका अनुसार घरमा छोरा, बुवारी, श्रीमतिले तिरस्कार गरेपछी घरवाट  निस्किएका हुन । 

मिथिला नगरपालिका-११ लालगढ स्थित अजिङगरे डाडामा भेटिएका शेखले गहभरी आशु वनाउदै भने - `पारिवारिक तिरस्कारमा परेपछी घरवाट निस्किए अनि अल्लाहले यहाँ ल्याई पुर्‍याउनुभयो ।´

`कान्छो छोरा मोहम्मद नेसारुन सेज घरमा नै छ । श्रीमती छन । जेठा छोरा फेजुल सेख बिदेशमा छन ।´ उन्ले भने । ` तीन छोरीहरु छन, जेठी छोरी मोमिना खातुनको मटिहानीमा विवाह भएको छ, माइली छोरी नागीना खातुनको गाउँमा नै र कान्छी छोरी रविना खातुनको धनुषाको लोहोनामा विवाह भएको छ ।´

शेखले १२ बर्षदेखी घर-परिवारको तिरस्कार वनेको हुनाले एकान्त खोज्दै यहाँ आईपुगेको वताए । उन्ले भने - ` घरमा बस्न नसकेपछी २२ दिन अगाडि घरवाट निस्किएको हौ अब यतै मर्छु ।´

२२ दिनसम्म केही नखाएको वताउने शेखले आफ्नो  ठेगाना र पारिवारिक विवरण वताउदा पनि बोल्न सकिरहेका थिएनन ।

उमेरले ८० बर्ष पुगेको वताउने शेख घर फर्कन नचाहेको वताउछन । पिकनिकको लागी त्यहा पुगेका ब्यक्तिहरुले देखेपछी वृद्धको बिषयमा खोजबिन भएको थियो ।

त्यसपछी जिल्ला समन्वय समितिका सदस्य राजन गौतमले स्थानिय संचारकर्मीलाइ खवर गरेपछी वल्वा नगरपालिकामा जनप्रतिनिधिसगँ बुझ्दा रौजाका नै भएको प्रमाणित भएको थियो ।

बल्वा नगरपालिका वडा न.९ का वडा अध्यक्ष सनौल शेखले पनि एलाही शेख वडा न.११ कै भएको तर उनी कसरी घर छाडे भन्ने बिषयमा जानकारी नभएको वताए ।

नगरप्रमुख राम विजय महतोले त्यस बिषयमा बुझेर उद्दार गर्ने वताएका छन ।

 

 

 

 

 

 

सम्बन्धित समाचार