प्रकाश सपूत र केकी अधिकारीकाे ‘परदेशी २’ असोज २६ गतेबाट प्रदर्शनमा

17k Shares

काठमाडौँ । फिल्म ‘परदेशी २’ आगामी असोज २६ गतेबाट प्रदर्शनमा आउने भएको छ । कात्तिक ४ मा रिलिज हुने भनिएको फिल्म ‘पशुपति प्रसाद २ : भस्मे डन’सँग जुध्न लागे पछि अहिले  ‘परदेशी २’ असोज २६ गते (घटस्थापनाको दुई दिन अगाडि) र ‘भस्मे डन’ कात्तिक ४ गते (फूलपाती)बाट प्रदर्शन गर्ने सहमति दुवै फिल्मबीच भएको छ । 

नारायण रायमाझी निर्देशित ‘परदेशी २’ मा प्रकाश सपूत, केकी अधिकारी, वर्षा सिवाकोटी, दिलीप रायमाझी, प्रशान्त तामाङ, नीर शाह, रमा थपलिया, सुशील पोखरेल, सविन बास्तोला, भीमा मैनाली, देवेन्द्र बब्लु, रोशनी कार्कीलगायतको अभिनय छ ।

सम्बन्धित समाचार