सुन तस्करी प्रकरणमा थप एकजना पक्राउ

18k Shares

काठमाडौं । ६० किलो सुन तस्करी प्रकरणमा थप एक आरोपिलाई सीआईबीले भारतबाट पक्राउ गरेर ल्याएको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले भारतबाट रुपन्देहीका सुमन खरेललाई पक्राउ गरेर काठमाडौं ल्याएको हो । उनी तस्करीको सुन व्यापारीसम्म पु¥याउने कार्यमा संलग्न रहेको अनुसन्धानमा देखिएको प्रहरीको दाबी छ । सुन तस्करी गर्ने चिनियाँहरु काठमाडौंमा पक्राउ पर्न थालेपछि उनीभारत भागेका थिए ।

सुन तस्करी प्रकरणमा पक्राउ पर्नेको संख्या २७ पुगेको छ । सीआईबीका अधिकारी हङकङ पनि पुगेका छन् । गत साउन ३ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार जाँचपास भएर बाहिरिएको ६० किलो सुन राजस्व अनुसन्धान विभागको टोलीले बरामद गरेको थियो ।

 

सम्बन्धित समाचार