उपाध्यक्ष महर्जनद्वारा चौथौ डान ब्ल्याक बेल्ट ग्रेडिङमा सहभागी खेलाडीलाई प्रमाणपत्र वितरण

17.6k Shares

काठमाडौं । नेपाल तेक्वान्दो संघले आफ्नो बार्षिक कार्यक्रमअनुसार ब्ल्याक बेल्ट चौथो डानको ग्रेडिङ सातदोबाटोस्थित आफ्नै कार्यालयमा सम्पन्न गरेको छ । 
ग्रेडिङमा सहभागी खेलाडीहरुलाई मंगलबार नै एक कार्यक्रमको आयोजना गरी प्रमुख अतिथ्यता ग्रहण गरेका तेक्वान्दो संघका केन्द्रिय उपाध्यक्ष, समाजसेवी एवम् सुमेरु ग्रुपका अध्यक्ष भरत महर्जनले प्रमाणपत्र बितरण गरेका थिए ।
मंगलबार आयोजित सो ग्रेडिङमा विगागीय टीमलगायत १३औ सागका स्वर्ण पदकधारी खेलाडीसहित राष्ट्रिय टिमका खेलाडीहरुको समेत उल्लेख्य सहभागिता रहेको थियो । उक्त ग्रेडिङमा नेपाल भरिबाट पचास जना खेलाडीहरुको सहभागिता रहेको थियो ।
सहभागीहरुलाई प्रशिक्षक नोर्बु लामा र कुमार लामाले दुई दिनसम्म विशेष प्रशिक्षण दिएका थिए भने बरिष्ठ प्रशिक्षक टिकाप्रसाद लिम्बू र मुख्य प्रशिक्षक नवीन श्रेष्ठले उक्त ग्रेडिङ संचालन गरेका थिए । 
सो अवसरमा बाग्मती प्रदेश तेक्वान्दो संघका अध्यक्ष केशब पुरी, वरिष्ठ तेक्वान्दो प्रशिक्षक टिकाप्रसाद लिम्बू, तेक्वान्दो खेलका मुख्य प्रशिक्षक नवीन श्रेष्ठ, ग्रेडिङ संयोजक नोर्बु लामालगायतको उपस्थिति रहेको थियो । तेक्वान्दो खेलको प्रशिक्षण सुरुवात गरेदेखि चौथो डानको डिग्री हासिल गर्न करिब १२ बर्षसम्म अनवरत रुपमा प्रशिक्षण गर्नुपर्ने हुन्छ । मंगलबार नै सहभागी खेलाडीहरुले संघद्वारा आयोजना गरेको रक्तदान कार्यक्रममा उत्साहका साथ सहभागीता जनाएका थिए ।
 

सम्बन्धित समाचार