डडेल्धुराबाट भरुवा बन्दुकसहित एक जना पक्राउ

15.3k Shares

डडेल्धुरा, १६ भदौ । डडेल्धुराबाट भरुवा बन्दुक र बारुदसहित एक जना पक्राउ परेका छन्।

जिल्लाको अमरगढी नगरपालिका–१ स्थित कमल पोखरीको जंगल भेटाका ५६ वर्षीय रुद्रबहादुर ऐर पक्राउ परेका हुन्।

सेनाको दह ब्यारेकबाट खटिएको गस्ती टोलीले भरुवा बन्दुकसहित ऐरलाई पक्राउ गरेको हो। उनलाई जिल्ला प्रहरी कार्यालयको जिम्मा लगाएको छ।

सम्बन्धित समाचार