18.9k
Shares
बझाङ, १५ भदौ । बझाङमा विषालु च्याउ खाँदा दुई बालबालिकाको ज्यान गएको छ। बिषालु च्याउ खाएकै कारण एक महिला बिरामी परेकी छन्।
जयपृथ्वी नगरपालिका–६ नौरामा जंगली विषालु च्याउ खाँदा १२ वर्षीया सुदीप कठायत र उनकी ७ वर्षीया बहिनी सञ्जिला कठायतको मृत्यृ भएको प्रहरीले जनाएको छ।
जंगली च्याउ खाएर गम्भीर बिरामी परेका उनीहरूको उपचारका लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका बझाङले जानकारी दिएको छ।
सञ्जिलाको जिल्ला अस्पतालबाट डडेल्धुरा ल्याउने क्रममा बिहीबार बिहान र डडेल्धुराबाट धनगढी ल्याउने क्रममा सुदीपको बिहीबार राति बाटोमै मृत्यु भएको हो। बिरामी परेकी आमा पुनी कठायतको जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीको भनाइ छ।