संसदीय सुनुवाइ समितिद्वारा प्रस्तावित न्यायाधीश शर्माविरुद्ध उजुरी आह्वान

18k Shares

काठमाडौं, १५ भदौ । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीश विनोद शर्माविरुद्ध उजुरी दिन आह्वान गरेको छ । 


यही ५ भदौमा बसेको न्यायपरिषदले सर्वोच्च अदालतको न्यायाधीशमा शर्माको नाम सिफारिस गरेपछि संसदीय सुनुवाइका लागि उजुरी आह्वान गरिएको हो । शुक्रबार सिंहदरबारमा बसेको समितिको बैठकले शर्माविरुद्ध उजुरी दिन आह्वान गर्ने निर्णय गरेको हो । उनीविरुद्ध उजुरी दिन १० दिनको सूचना जारी गर्ने निर्णय गरिएको छ । सूचना प्रकाशित भएको मितिले १० दिनभित्र उजुरी दिन सकिनेछ । 
 

सम्बन्धित समाचार