काठमाडौं । इन्डियन प्रिमियर लिग आईपीएल टी(२० को १४औं संस्करण अप्रलि ९ तारिख देखि सुरु हुने भएको छ ।
यसपटक कोरोना भाइरसका कारण भारतको विभिन्न ६ शहरमा हुने आईपीएल मे ३० सम्म सञ्चालन हुनेछ । खेलहरु अहमेदावाद, बैंगलुरी, चेन्नाई, दिल्ली, मुम्बई र कोलकतामा हुने र प्रतियोगिताका खेलहरु क्लोज डोरमा हुने छ । अहमदावादमा पहिलो पटक आइपीएल हुन लागेको हो ।
६ शहरमा हुने आईपीएलका खेलहरु न्युट्रल भेन्युमा हुनेछन् । कुनै पनि टिमले होम भेन्युमा नखेल्ने बीसीसीआईले जनाएको छ ।
१४औं संस्करणको उद्घाटन खेलमा साविक विजेता मुम्बई इन्डियन्स र रोयल च्यालेञ्जर्स बैंग्लोरविच चेन्नेईमा हुनेछ ।
प्लेअफदेखि फाइनल खेल अहमेदावादस्थित नरेन्द्र मोदी स्टेडियममा हुनेछ ।
कोरोना महामारीका कारण आईपीएलको १३औं संस्करणमा यूएईमा आयोजना गरिएको थियो ।
यो बर्ष आइपीएल दर्शकविना खेलाइनेछ, तर अवस्था सुधारीएमा प्लेअफदेखिका खेलमा दर्शकलाई मैदानमा प्रवेश गराउन सकिने बीसीसीआईले जनाएको छ ।