17.5k
Shares
काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य नेपाल आयल निगमले फेरि बढाएको छ । पेट्रोल तथा डिजेलरमट्टीतेलमा क्रमशः प्रतिलिटर ४ र ३ रुपैयाँ बढाइएको छ ।
अब काठमाडौंमा पेट्रोललाई प्रतिलिटर १८२ र डिजेल तथा मट्टीतेललाई १७० रुपैयाँ पर्ने छ ।
खाना पकाउने एलपी ग्यासको मूल्य पनि बढाइएको छ । साविकको खुद्रा बिक्री मूल्यमा प्रतिसिलिन्डर एकैपटक २३५ रुपैयाँले वृद्धि गरिएको छ । नयाँ मूल्य आज रातिबाट लागु हुने छ ।
इन्डियन आयल कर्पोरेसनबाट नयाँ खरिद मूल्य आएकाले नेपालमा पनि स्वचालित मूल्य प्रणालीअनुसार मूल्य बढाइएको निगमले जनाएको छ ।
