नारायणगढ–मुग्लिन सडक आजदेखि दैनिक चारघण्टा बन्द हुने

16.5k Shares

चितवन । नारायणगढ–मुग्लिन सडकखण्ड आज (आइतबार) देखि एक साताका लागि दिउसो बन्द रहने छ । पहिरो व्यवस्थापनको बांँकी रहेका काम सम्पन्न गर्नका लागि उक्त सडक २९ गतेसम्म बिहान साढे १० बजेदेखि दिउँसो ३ बजेसम्म बन्द हुने भएको हो ।
चारकिलोमा पहिरो रोकथामको आवश्यक बाँकी कामका लागि उक्त सडक बन्द गर्न लागिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ । 
सो अवधिमा नारायणगढबाट जाने ठुला सवारी साधनलाई सिमलतालमा रोकिने र सानालाई जलबिरेमा रोकिने जिल्ला ट्राफिक प्रमुख दयाकृष्ण भट्टले जानकारी दिए ।  
सवारीचापलाई ध्यानमा राखी चालकलाई वैकल्पिक सडक प्रयोग गर्न समेत ट्राफिक प्रहरीले आग्रह गरेको छ ।

सम्बन्धित समाचार