सुनको मूल्य तोलामा १७ सय रुपैयाँले घट्यो

16.2k Shares

काठमाडौं । सुनको मूल्य एक महिनायताकै सबैभन्दा सस्तो बनेको छ । मंगलबार एकैदिन १७ रुपैयाँले सस्तिएर छापावाल सुन तोलाको ९५ हजार ५ सय रुपैयाँ कायम भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन ९७ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै तेजाबी सुन पनि प्रतितोला १७ सय रुपैयाँले सस्तिएर ९५ हजार रुपैयाँ कायम भएको छ ।

सुनको मूल्य पछिल्लो महिनाभरकै सबैभन्दा सस्तो हो । पछिल्लो एक महिनामा सुन ९५ हजार ८ सयसम्म झरेको थियो ।

सुन सस्तिँदा मंगलबार चाँदी पनि तोलाको ९० रुपैयाँ सस्तो बनेर १२ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

सम्बन्धित समाचार