18.8k
Shares
धनगढी, १४ भदौ । कैलालीबाट चार लाख ७४ हजार पाँच सय भारुसहित एक जना पक्राउ परेका छन्। गोदावरी नगरपालिका वडा नम्बर १ वनखेतका ३५ वर्षीय रमेशबहादुर तिरुवा भारु र लागूऔषधसहित पक्राउ परेका हुन्।
इलाका प्रहरी कार्यालय मालाखेतीले उनीसँग सुर्तीको खोलमा दुई ग्राम एक सय ९० मिलिग्राम लागुऔषध र चार लाख ७४ हजार पाँच सय भारतीय मुद्रासहित पक्रउ गरेको हो।
उनले पंखाको काटुनमा भारतीय मुद्रा राखेका थिए। भारतीय मुद्राको श्रोत नखुलेकाले बरामद गरिएको हो। उनी इलाका प्रहरी कार्यालय मालाखेतीको नियन्त्रणमा छन्। घटनाको विषयमा थप अनुसन्धान जारी हरेको कैलाली प्रहरीले बताएको छ।