एसिया कप : नेपालले लियो दोस्रो विकेट

22.4k Shares

काठमाडौं, १३ भदौ । एसिया कपअन्तर्गत पाकिस्तानविरुद्ध नेपालले पहिला बलिङ गरिरहेको छ । सातौँ ओभरको पहिलो बलमा नेपालले दोस्रो विकेट लिएको छ । पाकिस्तानका इमाम उल हक रन आउट भएका हुन् । 


यसअघि छैटौँ ओभरको तेस्रो बलमा नेपालका करण केसीले पाकिस्तानका आक्रामक ब्याट्सम्यान फकार जमानलाई आउट गरेका हुन् । टस जितेर ब्याटिङ रोजेको पाकिस्तानले सातौँ ओभरका पहिलो  बल सकिँदा २ विकेटको क्षतिमा २५ रन जोडेको छ । 
 

सम्बन्धित समाचार