बडीमालिकाबाट उद्धार गरिएका पुरुषको मृत्यु

15.4k Shares

बाजुरा, १२ भदौ । बाजुराको बडीमालिकाबाट उद्धार गरिएका पुरुषको मृत्यु भएको छ। जिल्लाको धार्मिक तथा पर्यटकीय क्षेत्र बडीमालिकाको दर्शन गर्नगएका कालिकोटको पलाताँ गाउँपालिका–१ का ३९ वर्षीय धनप्रसाद न्यौपानेको उपचारको क्रममा प्रादेशिक अस्पताल सुर्खेतमा मंगलबार ३:२५ बजे मृत्यु भएको अस्पतालले जनाएको छ।

न्यौपाने सोमवार बडीमालिकाको त्रिवेणी धाममा अक्सिजन अभावका कारण लडेर घाइते भएका थिए। बझाङको जयपृथ्वी नगरपालिका–९ की अन्दाजी ७० वर्षीया झुपु धामी भने जिल्ला अस्पताल बाजुरामा सामान्य उपचारपछि घर फर्किएकी छन्।

सम्बन्धित समाचार