विप्लवकाे जिकिर : फुटेका भनेका पनि यहाँ जुटेका छन्, अब हेर हामी कसरी जुट्दैछौं

17.8k Shares

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले माओवादी विभाजन हुँदा खुसी हुनेहरूलाई कसरी जुट्दैछौं भन्ने देखाउने जिकिर गरेका छन् । एमसीसी कार्यान्वयविरूद्ध सोमबार पार्टीले गरेको अन्तरक्रिया कार्यक्रममा उनले सबै कम्युनिस्टहरू एक ठाउँमा आउने जिकिर गरेका हुन् । 

‘फुटेका भनेका पनि यहाँ जुटेका छन् । बाहिर खुसी भएर रमाएका थिए, बल्ल खायौ भनेर । अब हेर हामी कसरी जुट्दैछौं’, उनले भने। देशमाथि इतिहासकै ठुलो साम्राज्यवादी हमला हुन लागेको भन्दै उनले राष्ट्रियताको रक्षाका लागि सबै प्रगतिशील पार्टीहरू एक ठाउँमा आउन जरुरी रहको बताए । एमसीसी २१ औँ शताब्दीको साम्राज्यवादी उपनिवेश भएको जिकिर गर्दै उनले खारेजीको लागि सडक सङ्घर्ष गर्नुपर्ने धारणा राखे ।

सम्बन्धित समाचार