तीन डीआईजीको सरुवा, चारजनाको पदस्थापन

16.1k Shares

काठमाडौं । नेपाल प्रहरीका तीन प्रहरी नायव महानिरीक्षक (डीआईजी)हरूको सरुवा र चारजनाको पदस्थापन भएको छ । गृह मन्त्रालयले डीआईजीहरूको सरुवा र पदस्थापनको निर्णय गरेको हो । 

रामदत्त जोशी, लालमणि आचार्य र अर्जुनचन्द ठकुरीलाई सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । 

नवनियुक्त चारजना डीआईजीलाई पदस्थापन गरिएको छ । कृष्णहरी शर्मा पोखरेल, दानबहादुर कार्की, डा. मनोज कुमार केसी र राजन अधिकारीलाई पदस्थापन गरिएको कार्यालयले जनाएको छ ।

सम्बन्धित समाचार