व्यास नगरपालिकामा मापदण्ड विपरीत राखिएका होर्डिङबोर्ड हटाउन सुरु

15.6k Shares

तनहुँ । तनहुँको व्यास नगरपालिकाले बजार व्यवस्थित बनाउन मापदण्ड विपरीत राखिएका ‘होर्डिङबोर्ड’ हटाउन सुरु गरेको छ । नगरपालिकाले दमौली बजारलाई व्यवस्थित बनाउने योजना अनुरूप  होर्डिङबोर्ड, भित्तामा टाँसिएका पर्चा टेम्पलेट लगायतलाई नगरपालिकाले  हटाउन सुरु गरेको हो ।

नगर प्रहरी शाखाका प्रमुख आशिष परियारका अनुसार सोमबार मात्रै तरकारी लाइन, सफा सडक, मालपोत लाइन, वडा सत्यवती लाइन, भोर्लेटारचोक लगायत बजारको मुख्य बजार क्षेत्रको हटाएको छ । साथै बजार क्षेत्रको सडक पेटीमा नियम विपरीत अव्यवस्थित रुपमा राखिएका व्यापारिक प्रयोजनका सामग्री हटाई व्यवस्थित गर्न आग्रह गरिएको उनले बताए । यसै गरी नगरपालिकाले इन्टरनेट सेवा प्रदायक सँग समन्वय गरी बजार भित्र रहेका अव्यवस्थित तारहरू पनि व्यवस्थित गर्न थालेको छ । 

सम्बन्धित समाचार