17.2k
Shares
काठमाडौँ । भदौ ११ गते हुने संसदीय समितिका सभापति चयन गर्न निर्वाचन कार्यसूची सार्वजनिक भएको छ । संसद सचिवालयले समितिका सभापतिको निर्वाचनका लागि कार्यसूची बिहीबार सार्वजनिक गरेको हो ।
सचिवालयले सार्वजनिक गरेको कार्यसूचीअनुसार निर्वाचनको अघिल्लो दिन भदौं १० गते ११ देखि ४ बजेससम्म उम्मेदवारी प्रस्ताव दर्ता गर्ने समय तोकिएको छ । सोही दिनको साढे ४ बजे दर्ता भएका प्रस्तावको दर्ताक्रम अनुसार सूची प्रकाशन गर्ने कार्यसुची रहेको छ ।