संसद पुनर्वहालीको फैसला संविधान र लोकतन्त्रको पक्षमा भएको छ ः नेका खेलकुद विभाग सचिव महर्जन

18.5k Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानमै नभएको अधिकार प्रयोग गरी पुस ५ गते संविधानसभा विघटन गरी मध्यावधी निर्वाचन तोकेको विरोधमा परेको मुद्दालाई सर्वोच्च अदालतले संविधानसभा पुनर्वहालीको पक्षमा फैसला गरी संविधान र लोकतन्त्रको पक्षमा भएको नेपाली कांग्रेस खेलकुद विभागका सचिव तथा युवा नेता मीन कृष्ण महर्जनले बताएका छन् ।
मंगलबार सर्वोच्च अदालतले प्रधानमन्त्री खड्गप्रसाद ओलीको संसद भङ्ग गर्ने निर्णयविरुद्ध दिएको फैसलामा ‘दम’ रहेको बताएका हुन् । ‘सर्वोच्च अदालतले गरेको निर्णय कांग्रेसले स्वागत गर्छ’, उनले भने, ‘सभापति शेरबहादुर देउवा र सिङ्गो केन्द्रीय कार्यसमितिले सर्वोच्च अदालतको फैसलालाई स्वीकार गर्ने निर्णय गरिसकेको छ ।’
महर्जनले ओलीको संसद भङ्ग गर्ने निर्णयविरुद्ध कांग्रेसले सडकमा प्रदर्शन गरेको समेत बताएका छन् । कांग्रेसले सर्वोच्च अदालतले दिएको निर्णयलाई स्वीकार गरेर जाने भन्दै युवा नेता महर्जनले भने, ‘संविधान र लोकतन्त्रको जित भएको छ । सर्वोच्च अदालतले एतिहासिक निर्णय गरेको छ ।’
कांग्रेसको नेतृत्वमा बनेको संविधानलाई समाप्त पार्न कम्युनिस्टहरू लागेको भन्दै विभागका सचिव महर्जनले जनताले बनाएको संविधान समाप्त पार्न खोज्नेहरूको हार भएको बताए ।
‘जनताले कम्युनिस्टहरूलाई पाँच वर्षका लागि झण्डै दुईतिहाइको बहुमत दिएका छन्’, उनले भने, ‘तीन वर्षमै कम्युनिस्टहरूको आन्तरिक विवादले संसद भङ्ग गरिएको थियो । सर्वोच्चले कम्युनिस्टहरूको व्यक्तिगत र सत्ता स्वार्थको खेलमा संसदलाई मर्न दिएन ।’ उनले तीन वर्षभित्रै असक्षम भएका कम्युनिस्टको हर्कतलाई सर्वोच्च अदालतले परास्त गरेको बताए । कांग्रेसले संसद विघटनको विषय सर्वोच्च अदालतमा पुगेका बेला अदालतलाई सहयोग गर्ने गरेर सधैँ सहयोग गरेको उनले बताएका छन् । कांग्रेसले संसदमा विचाराधीन विषयमा बोल्न नहुनेभन्दै अदालतबाट आउने फैसलालाई मान्ने निर्णय गरेको थियो ।

सम्बन्धित समाचार