नेकपा एसको केन्द्रिय समिति बैठक आज पनि

19.1k Shares

काठमाडौं, ६ भदौं । नेकपा एकीकृत समाजवादीको केन्द्रिय समिति बैठक आज पनि जारी रहने भएको छ ।

हिजो देखी सुरू भएको केन्द्रिय समिति बैठकमा आजवाट केन्द्रिय सदस्यहरुले आ आफनो धारणा राख्ने छन् । 

हिजोको बैठकमा अध्यक्ष माधवकुमार नेपालले राजनीतिक प्रतिबेदन पेश गरेका थिए भने सो प्रतिवेदन माथी ‘फरक मत’ राख्दै सम्मानित नेता झलनाथ खनालले लामो टिप्पणी गरेका थिए । 

आजको बैठकमा अध्यक्ष नेपालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथी केन्द्रिय सदस्यहरुले आ–आफनो धारणा राख्ने प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए । 

बैठक बिहान ८ बजे देखी सुरु हुनेछ ।  

सम्बन्धित समाचार