त्रिवि सेवा आयोगका अध्यक्षलाई ९ बुँदे माग पत्र पेस

18.2k Shares

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय सेवा आयोगका अध्यक्ष प्रा.डा. घनश्याम भट्टराईलाई कर्मचारीहरूले ९ बुँदे माग पेस गरेका छन् । त्रिवि कर्मचारी संघले नवनियुक्त अध्यक्ष भट्टराईलाई बधाई ज्ञापन गर्दै ९ बुँदे मागपत्र पेस गरेको हो ।

नवनियुक्त अध्यक्ष आएपछि रोकिएका सम्पूर्ण काम कारबाहीले पूर्णता पाउनेमा विश्वस्त रहेको संघको भनाइ छ ।

संघका अध्यक्ष छत्रबहादुर कार्कीले विश्वविद्यालयलाई आवश्यक पर्ने दक्ष योग्य जनशक्ति छनौट गर्ने महत्त्वपूर्ण जिम्मेवारी बोकेको आयोगले गर्ने कामकारबाहीप्रति विश्वास गर्न लायक हुने अपेक्षा रहेको बताए ।

संघले त्रि.वि. कार्यकारी परिषदबाट विज्ञापनका लागि पठाई सकिएको श्रेणी विहीन कर्मचारीहरूको विज्ञापन यथाशीघ्र प्रकाशित गर्नुपर्ने माग राखेको छ । त्यस्तै विज्ञापन नम्बर १८ सँग सम्बन्धित पुस्तकालय अधिकृत लगायत पदमा अन्तरवार्ता समेत भएर नतिजा प्रकाशन गर्न मात्र रोकिएका पदहरूको यथाशीघ्र नतिजा प्रकाशित गर्न समेत माग गरेको छ ।

सम्बन्धित समाचार