टाटा मोटर्सको यो वर्षकै ठूलो एक्सचेन्ज क्याम्प

17.8k Shares

काठमाडौँ/चाडपर्व अघि नै चाडपर्वभन्दा धेरै फाइदाहरूका साथ विभिन्न आकर्षक उपहारहरू रहेको सिप्रदी तथा टाटा मोटर्सले ‘द ग्रेट एक्सचेन्ज फेस्टिभल’ एक्सचेन्ज क्याम्प ल्याएको छ ।

यो एक्सचेन्ज क्याम्प आज भदौ १ गतेदेखि भदौ ५ गतेसम्म सिप्रदीको नेपालभरि रहेका टाटा मोटर्स शोरुमहरूमा जारी रहनेछ । शुक्रवारदेखि शुरु भएको एक्सचेन्ज क्याम्प शनिवार पनि विभिन्न मनोरन्जनात्मक कार्यक्रमका साथै खानाको पनि व्यवस्था गरिएको छ ।

अहिले नेपाली बजारमा ईभी गाडीहरू प्रति ग्राहकहरूको चासो बढिरहेको छ । जसमा टाटा मोटर्सका नयाँ ईभी गाडी प्रतिको रुचि निकै बढ्नुका साथै बिक्री पनि त्यही क्रममा बढिरहेको देखिन्छ ।

प्रदूषणरहित वातावरणमैत्री, चलाउन सजिलो, न्यूनतम मर्मत खर्च, आरामदायी यात्रा गर्न सकिने भएको कारणले विगतका दिनमा इन्धन ९पेट्रोल वा डिजेल० बाट चल्ने कारहरू टाटा मोटर्सका विद्युतीय गाडीसँग साट्ने क्रम बढेको कम्पनीले जनाएको छ ।

टाटा मोटर्सका ग्राहक तथा बजारको सुझाव तथा जिज्ञासालाई मध्यनजर गरेर उक्त एक्सचेन्ज क्याम्पमा पेट्रोल डिजेलबाट चल्ने सवारी साधनलाई बजारले अत्यधिक रुचाएको टाटा मोटर्सका विद्युतीय सवारीसँग साट्न मिल्ने गरी एउटै शोरुमबाट व्यवस्था गरिएको छ । यसले गर्दा ग्राहकहरूलाई विभिन्न रिकन्डिसनहरू जानुपर्ने वाध्यताको अन्त्य भएको छ ।

अब सजिलै एकै ठाउँमा सिप्रदी अस्योर्डमार्फत उचित मूल्याङ्कन, शोरूममा बीमाको पनि सुविधा भएको हुनाले यसले ग्राहकहरूलाई थप सहजता प्रदान गर्नेछ । 

चलिरहेको बजारको मूल्यभन्दा गाडीको विशेष मूल्यांकन, सरल फाइनान्सको सुविधा, इन्स्योरेन्सको सुविधाका साथै हरेक गाडी हस्तान्तरणमा विभिन्न अफर हरू पनि पाइनेछ । गाडी मूल्यांकन आउने ग्राहकले तुरुन्तै उपहार पाउनुका साथै हरेक दिन लक्की ड्र मार्फत ५ जना भाग्यशाली ग्राहकहरूले स्मार्ट वाच पनि जित्न सक्ने कम्पनीले जनाएको छ ।​

कार्यक्रमका प्रमुख आकर्षणहरू यस्ता छन्

जुनसुकै ब्रान्डको गाडी टाटा मोटर्सका सर्वाधिक रुचाईएका नेक्सन ईभीसँग साट्न सकिने

एकै ठाउँबाट तपाईंको गाडीको मूल्यांकन न्यूनतम चार लाखको गाडी मूल्यांकन

यसका साथै योजनामा सहभागी भई गाडी खरिद गुर्ने ग्राहकहरूलाई सपरिवारसहित पाँच तारे होटलमा डिनरको व्यवस्था गरिएको छ । थप जानकारी वा आफ्नो नजिकैको टाटा मोटर्सको शोरुम पत्ता लगाउन सिप्रदीको टोल फ्री नम्बर मा निःशुल्क रुपमा सम्पर्क गर्न सकिने छ ।

साथै फोनबाट पनि सम्पर्क गरी बुझ्न निःशुल्क रुपमा ९८०१५७५७७७ अथवा १६६००१५५७७७ मा सम्पर्क गर्न कम्पनीले आग्रह गरेको छ । कार्यक्रम सीमित अवधिका लागि टाटा मोटर्सका शोरुमहरूमा मात्र लागु गरिएको कम्पनीले जनाएको छ । 

सम्बन्धित समाचार