काठमाडौंमा ७६, ललितपुरमा १० सहित उपत्यकामा थपिए ८७ संक्रमित

17.6k Shares

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ८७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ८७ जना कोरोना संक्रमित थपिएका छन् ।
तीमध्ये काठमाडौंमा ७६,ललितपुरमा १० जना र भक्तपुर एक जनामा कोरोना संक्रमण देखिएको उनले जानकारी दिए । राष्ट्रिय जनस्वास्थय प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका २५ जना र भक्तपुरका एक जनामा कोरोना भाइरसको संक्रमण देखिएको उनले बताए ।
उनका अनुसार शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका १५ जना र लतिपुरका दुई जना संक्रमित थपिएका छन् । किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा गरिएको परीक्षणमा काठमाडौंमा एक जना कोरोना संक्रमित थपिएका छन् ।
वीर अस्पतालमा गरिएको परीक्षणमा तीन जनामा कोरोना देखिएको उनले बताए । त्रिवि शिक्षण अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका पाँच जनामा कोरोना देखिएको छ ।
यसैगरी, नेपाल प्रहरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका १३ जनामा कोरोना देखिएको छ । बीआइडीएच ल्याबमा गरिएको परीक्षणमा ललितपुरका ६ जना,ह्याम्स अस्पतालमा गरिएको काठमाडौंका नौँ जना र एक जना कोरोना संक्रमण देखिएको उनले बताए ।
विरेन्द्र अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका एक जना कोरोना संक्रमित थपिएका मन्त्रालयले जनाएको छ । बुधबार ६२ र मंगलबार ६२ कोरोना संक्रमित थपिएका थिए । पछिल्लो २४ घण्टामा देशैभर ३६० जना कोरोना संक्रमित थपिएका छन् ।

सम्बन्धित समाचार