ललितपुर । ग्राण्ड एकेडेमीद्धार इन्टर क्वीज कन्टेष्ट भव्यताका साथ सम्पन्न भएको छ । आज मंगलबार आयोजना भएको उक्त कार्यक्रम स्कूलकै परिसर भवनमा सम्पन्न भएको हो । अपरान्ह १२ बजे शुरु भएको उक्त कन्टेष्टमा रेड, ब्लू, ग्रीन, यलो ग्रूप गरी १२ जना विद्यार्थीहरुको सहभागीता रहेको थियो ।
कार्यक्रममा स्कूलका प्रिन्सिपल सीमा राई अध्यक्षताको रुपमा सहभागी हुनुहुन्थ्यो भने अरु अतिथीवर्ग तथा निर्णायक मण्डलहरुको पनि सहभागीता रहेको थियो । आजको कन्टेष्टमा प्रथम ब्लू हाउस, दोस्रोमा यलो हाउस र तेस्रोमा ग्रीन हाउस विजयी हुन सफल भएका थिए ।
खुमलटार अवस्थित ग्राण्ड एकेडेमीले समयसापेक्ष विद्यार्थीहरुको आत्मविश्वासलाई दह्रिलो र फुर्तिलो बनाउन यस्ता थुप्रै कार्यक्रमहरु आयोजना गर्दै आइरहेको छ ।
















