प्रधानमन्त्रीलाई भेट्न सिंहदरबार पुगे बालेन

19k Shares

काठमाडौं, ३० साउन । काठमाडौं महानगरपालिकाका मेयर बालेन साह र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ।

लामो समयदेखि संघीय सरकारसँग असन्तुष्ट रहँदै आएका मेयर बालेनले सिंहदरबारमा पुगेर प्रधानमन्त्रीसँग छलफल गरेका हुन्।

सरकारका केही मन्त्रीहरूसमेत सहभागी उक्त छलफल काठमाडौंको सुकुम्वासी समस्या र तीनकुनेको जग्गा मुआब्जाका विषयमा छलफल भएको बताइएको छ।

हालैमात्र बालेनले प्रधानमन्त्री दाहालसँग भेटेर यी दुई समस्यालाई सहजीकरण गर्न सरकारसँग आग्रह गरेका थिए। त्यसपछि प्रधानमन्त्रीले सरोकारवाला मन्त्रीहरूलाई समेत बोलाएर बैठक राखेका हुन्। बैठकमा उपप्रधानमन्त्री तथा गृहमन्त्री, भूमिसुधार मन्त्री, सामान्य प्रशासनमन्त्री, सहरी विकास मन्त्री तथा ती मन्त्रालयका सचिवहरूको सहभागिता थियो।

बैठकमा महानगरका तर्फबाट मेयर र प्रमुख प्रशासकीय अधिकृतसहित ३२ नम्बर वडाका वडाध्यक्ष पनि सहभागी थिए। बैठक करिब डेढ घण्टा चलेको थियो।

सम्बन्धित समाचार