बलात्कार पीडित युवती भन्दै तस्बिर सार्वजनिक गर्ने युवक समातिए

16.6k Shares

काठमाडौँ- क्रिकेटर सन्दीप लामिछानेबाट पीडित युवती भन्दै एक तस्बिर सार्वजनिक गर्ने युवकलाई प्रहरीले संखुवासभाबाट पक्राउ गरेको छ।

‘गौशाला २६’ भन्दै ती युवकले एक युवतीको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गरेका थिए।ती युवक केशरमान राईलाई प्रहरीले बुधबार संखुवासभाबाट पक्राउ गरी काठमाडौँ ल्याएको स्रोतले जानकारी दिएको छ।साइबर  ब्युरोले ती युवकबिरुद्ध सात दिनको म्याद लिई अनुसन्धान अगाडि बढाएको छ।

सम्बन्धित समाचार