करेन्ट लागेर एकजनाको मृत्यु

16.6k Shares

काठमाडौं, २८ साउन । मकवानपुरमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । बकैया गाउँपालिका–५, सिरिपुरमा करेन्ट लागेर ५२ वर्षीय बीरबहादुर परियारको मृत्यु भएको प्रहरीले जनाएको छ । 


आफ्नै घरमा पंखा जोड्ने क्रममा करेन्ट लागेर घाइते भएका उनको उपचारका क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

सम्बन्धित समाचार