‘ईश्वर’ आगामी वर्षको मङ्सिरमा रिलिज हुने

16.1k Shares

ishwor_foNgarkp8q.jpgकाठमाडौँ । राजु गिरीको निर्देशन रहेको फिल्म ‘ईश्वर’ २०८१ मङ्सिर १४ रिलिज हुने भएको छ । निर्माण युनिटले फिल्मको एक पोष्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको हो । लक्ष्मी कुँवर थापाको प्रस्तुतिमा निर्माण भएको फिल्ममा ध्रुव थापा, अनु शाह, पृथ्वीराज प्रसाईं, कृष्टि गुरुङ, सुनिल थापा, सबिन बास्तोला, माओत्से गुरुङ, रवीन्द्र झा, बुद्धि तामाङ, शिशिर बाङ्देल, सबिन बास्तोला, गीता अधिकारी लगायतको अभिनय छ । 

फिल्मको पोस्टरमा सुनील थापा, बुद्धि तामाङ, रविन्द्र झा, माओत्से गुरुङ, शिशिर वाङ्देल, पृथ्वीराज प्रसाईँ, अनु शाह, ध्रुव थापा फिचर्ड छन् । ध्रुवबाहेक अन्यको अनुहारमा त्रासको भाव देखाइएको छ । दिव्या कंगना फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्मको पटकथा एवम् संवाद भोजराज देवकोटाले तयार पारेका हुन् ।

हरिबहादुर थापा र शंकर गिरी निर्माता रहेको फिल्ममा अर्जुन पोखरेल, राजेन्द्र बजगाई र बीपी वाग्लेको संगीत, कविराज गहतराज, देवेन्द्र पाण्डे र सुरेश पाण्डेको कोरियोग्राफी, रामेश्वर हुँमागाईको छायांकन र देव महर्जनको द्वन्द्व छ । फिल्मको सम्पूर्ण छायाङ्कन पोखरा र हेम्जाकोट भउको छ । फिल्मको वितरण उपत्यका भित्र रिच इन्टरटेनमेन्ट र उपत्यका बाहिर एफडी कम्पनीले गर्नेछ । 

ishwor2_OpYuWnBE4F.jpg

सम्बन्धित समाचार