19k
Shares
काठमाडौँ । रोल्पाको त्रिवेणी गाउँपालिका–७ स्थित रिचिमा बस दुर्घटना भएको छ । बाघमाराबाट दाङको घोराहीतर्फ जाँदै गरेको ना.५ख २६१२ नम्बरको बस दुर्घटना भएको छ ।
दुर्घटनामा परेर ६ जना घाइते भएका छन्, उनीहरूको अवस्थामा गम्भीर छ । बसमा १५ जना सवार थिए । तिला नजिकै भएको सो दुर्घटनामा बस सडकबाट करिब १ सय मिटर तल खसेको छ ।