डुबानमा एमाले पार्टी कार्यालय (फोटोफिचर)

17.5k Shares

काठमाडौं । ललितपुरको च्यासलस्थित नेकपा एमाले पार्टी केन्द्रीय कार्यालय डुबानमा परेको छ । मनोहरा नदीमा आएको बाढीले पार्टी कार्यालय डुबानमा परेको एमाले उपमहासचिव विष्णु रिमालले जानकारी दिएका छन् । पार्टी कार्यालय डुबानमा परेको तस्बिर र भिडियो सामाजिक सञ्जालमा पोष्ट गर्दै उपमहासचिव रिमालले डुबानमा परेको जानकारी दिएका हुन् । अहिले नदीमा पानीको बहाव सतह घट्दै गएको छ भने कार्यालयभित्र पसेको पानी निकालिएको छ ।  बाढी सडक र कार्यालयभित्र पसेपछि बाटो भने हिलोमग्न भएको छ ।


सोमबार रातिदेखि परेको वर्षाले काठमाडौं उपत्यकाका बागमती, विष्णुमती, मनोहरा, हनुमन्तेलगायतका खोला तथा नदीमा पानीको बहाव बढेको थियो । वर्षा रोकिएसँगै नदीमा पनि पानीको बहाव घटेको छ । 

newskarkahna-news554940..jpg

newskarkahna-news554947..jpg

newskarkahna-news554948..jpg
 

newskarkahna-news554949..jpg

newskarkahna-news5549417..jpg

newskarkahna-news554942..jpg

सम्बन्धित समाचार