भैरहवाबाट ४६ वटा मोबाइलसहित एकजना पक्राउ

16.5k Shares

बुटवल । भैरहवामा ४६ वटा मोबाइलसहित एक पुरुष पक्राउ परेका छन् ।  अवैध रुपमा भन्सार छली लुकाई छिपाई राखेका ३ लाखभन्दा बढी मूल्यका मोबाइलसहित ४० वर्षीय विशाल जैसवाल पक्राउ परेका हुन् ।

जैसवाल रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१३ निवासी हुन् । उनलाई आफ्नै घरबाट मोबाइलसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनको घरबाट स्क्रिनटच मोबाइल ३६ पिस, विभिन्न कम्पनीका सादा मोबाइल १० पिस र पावर वैँक ६ पिस बरामद गरिएको  छ । पक्राउ परेका जैसवाल र बरामद मोबाइल भैरहवा भन्सार कार्यालय बेलहिया पठाइएको प्रहरीले जानकारी दिएको छ ।

सम्बन्धित समाचार