द सनसाईन कलेजद्वारा 'अभिमुखिकरण कार्यक्रम-२०८०' भव्यताकासाथ सम्पन्न

25.3k Shares

सउन, १७ काठमाडौ । द सनसाइन स्कुल/कलेजले कक्षा ११ का विद्यार्थीहरुलाई लक्षित गरी 'अभिमुखिकरण कार्यक्रम -२०८०' सम्पन्न गरेको छ। काठमाडौ महानगर-१५ मा अवस्थित स्कुल/कलेजले आफ्नै परिसरमा शैक्षिक सत्र २०८० को लागि कक्षा ११ का विद्यार्थीहरुलाई अभिमुखिकरण कार्यक्रम आयोजना गरेको हो।

विहान ८ बजे शुरू गरिएकाे उक्त कार्यक्रममा सभापतिकाे आसन कलेजका प्राचार्य बाबुराम गौतमले गर्नुभएको थिय‍ो भने कार्यक्रमको प्रमुख अतिथि साहित्यकार, समाजसेवी तथा प्रमुख प्रशिक्षक सरोज घिमिरेले हुनुहुन्थ्याे। त्यस्तै कार्यक्रममा कलेजका कोर्डिनेटर प्रबेश के.सी. ले स्वागत मन्तव्य व्यक्त गर्नुभय‍ो ।

कार्यक्रममा प्रमुख अतिथि सरोज घिमिरेले अन्य बर्ष जस्तै यस बर्ष पनि यस कलेजका विद्यार्थिले कलेजक‍ो नाम राख्ने कुरामा बिश्वास राख्दै विद्यार्थी अनुशासित र व्यवहारिक हुनुपर्ने कुरामा जोड दिनुभयो। उहाँले विद्यार्थीहरुले भविष्यको सपना पूरा गर्न कठिन मिहिनेत गर्नुपर्ने बताउनुभयो।

उक्त कार्यक्रममा भाईस प्रिन्सिपल तेजप्रसाद भण्डारी लगायत अरूले आ-आफ्नो मन्तव्य प्रस्तुत गर्नुभएको थियो ।  त्यसैगरी बिभागिय प्रमुखहरु चन्द्र कुमार वाग्ले , अजित राज पाण्डे, सुरज महर्जन, विकास श्रेष्ठ, कुमार सिंह लगायतले अभुमुखिकरण गर्नुभयो।

ओरेन्टेसन कार्यक्रममा विद्यार्थीहरुले विभिन्न साँस्कृतिक प्रस्तुतिहरु समेय पस्केका थिए भने कार्यक्रमलाई विद्यालयका शिक्षिका मनिता वाईवा र प्रतिभा थापाले संचालन गर्नुभएक‍ो थियो।

IMG-20230802-WA0000.jpgIMG-20230802-WA0020.jpgIMG-20230802-WA0017.jpgIMG-20230802-WA0009.jpg

 

सम्बन्धित समाचार