18.9k
Shares
कञ्चनपुर, १५ साउन । कञ्चनपुरमा कुट्पिट मुद्दामा फरार रहेका एक जना पक्राउ परेका छन्।
जिल्लाको लालझाडी गाउँपालिका–४ का चेतराज रानालाई उनकै घरबाट प्रहरीले सोमबार पक्राउ गरेको हो। रानालाई जिल्ला अदालत कञ्चनपुरले ‘कुटपिटको’ मुद्धामा २०७७ पुस १२ गते पाँच हजार रुपैयाँ जरिबाना तोकेको थियो।
राना सोही दिनबाटै फरार रहेको थिए। रानाले जरिबाना तिर्न नसेपछि आजै उनलाई सजाय भुक्तानकालागि कारागार चलान गरेको छ।