मुग्लिन–नारायणगढ सडकखण्ड पुनः अवरुद्ध

16.4k Shares

चितवन, १४ साउन । चितवनको मुग्लिन–नारायणगढ सडकखण्ड पुनः अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–६, कालीखोला पुलनजिकै सडकमाथिबाट पहिरो खसेपछि आइतबार बिहान करिब पौने १० बजेदेखि सडक अवरुद्ध भएको हो ।


पानी परिरहेको र लेदो बगिरहेको बाटो पन्छाउन समस्या भइरहेको छ । पानी पर्न र लेदो खस्न छाडेपछि बाटो पन्छाउनका लागि सडक डिभिजनको ‘मेसिन’ तयारी अवस्थामा राखिएको छ । शनिबार पनि सोही स्थानमा केही समय सडक अवरुद्ध भएको थियो ।
 

सम्बन्धित समाचार