काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालयमा कार्यरत झण्डै ३० जना सिनियर प्रहरी अधिकारीहरूलाई कोर्ट माष्टरले सित्तैमा भात ख्वाउनु पर्ने अवस्था रहेको विभिन्न संचार माध्यमहरुमा समाचार प्रकाशित भएपछि पुरानो कोर्ट माष्टर पनि परिवर्तन भए भने सित्तैमा भात खानेले खाए वापतको रकम दिने घोषणा गरे ।
ट्राफिकको सिनियर अधिकारीहरूको बैठकमा राशन खाए वापतको रकम दिने सहमति पनि गरे । त्यही सहमति अनुसार कोर्ट माष्टरले राशन पनि ख्वाए । तर कसैले पनि राशन खाए वापतको रकम कोर्ट माष्टरलाई दिएनन् । बिचरा कोर्ट माष्टर रहेका हवल्दार सागर बिष्ट अहिले टाउकोमा हात लगाउंँदै हाकिमहरूसँग यति रूपैयाँ लिनुपर्ने छ भन्दै हिसाब मात्रै गर्छन् तर डेढ महिनादेखि राशन खाएको रकम हाकिमहरू दिँदैनन् । पैसा नदिने हो भने राशन खुवाउन नसक्ने कुरा कोर्ट माष्टरले बताएपछि अहिले मातहतका ट्राफिक प्रहरी वृत्त, प्रभाग र पोष्टहरूबाट चामलका बोरा, तरकारी, मासु सागसब्जी माग्ने काम हुन थालेको कुरा उजागर भएको छ । कस्तो विडम्बना राज्यले सुरक्षाकर्मीहरूको लागि राशन बापत रकम दिने गरेको छ । तर ट्राफिक प्रहरीमा भने सिनियर अधिकारीहरू हवल्दारले चलाएको कोर्ट माष्टरलाई धोती न टोपी हुने गरि सित्तैमा खाने, पैसा तिर्छु भनेर नदिने अनि राशन खुवान्न भने पछि मातहतका पोष्टहरूबाट चामल, तरकारी, मासु र सव्जी मागेर बग्गीखानाको सिनियर मेशको परिचरलाई पकाउन लगाएर खाने गरेका छन् ।
त्यतिमात्र होइन बग्गीखानाका केही सिनियर प्रहरीले त मातहतका क्युआरटीहरूलाई फोन गरि गरि अफिसमा मात्रै होइन घर लैजाने गरि खाजाका परिकार मात्रै होइन अनेक थरी सामान मागेर अति दुख र हैरान पार्ने गरेको मातहतका एक वृत्तका ट्राफिक निरीक्षकले बताए । उनले भने, क्युआरटीमा हिड्ने केटाले दिनभरि उठाएको घुषले हाकिमलाई सेवा गर्ने कि बग्गीखानाको केही मगन्ते हाकिमलाई सामान पु¥याउने । अहिले ट्राफिक प्रहरी कार्यालय मातहतका वृत्त र प्रभागका प्रमुखले रकम उठाउने काम क्युआरटीलाई लगाउने गरेका छन् भने बग्गीखानाका केही अधिकारीहरूले पनि उनीहरूलाई प्रयोग गर्ने गरेका छन् । यसअघि दुबै थरिले अफिस क्लर्कलाई प्रयोग गर्ने गर्दथे ।
तर अहिले मातहतका ट्राफिक वृत्त र प्रभागमा अफिस क्लर्क र कारबाहीको रेकर्ड तथा जरिवाना हेर्ने कम्प्युटरवाला दुई थरि बस्ने हुनाले अफिस क्लर्कको कमाई छैन । त्यसपछि क्युआरटीलाई प्रयोग गर्न थालिएको बग्गीखाना स्रोत बताउँछ । कम्प्युटरमा खटिएका ट्राफिक प्रहरीले बग्गीखानाको कम्प्युटर प्रमुख निरीक्षकलाई बुझाउनुपर्ने अनिवार्यता छ । प्रहरी महानिरीक्षक बसन्त कुंवरले महानिरीक्षक भएदेखि नै प्रहरी संगठन भित्र परिवर्तन। शुद्धीकरण र भ्रष्टाचार नियन्त्रणमा जोड दिँदै आइरहेको बेला उपत्यका भित्र नै, त्यसमाथि उपत्यका ट्राफिक प्रहरी भित्र यसरी असुली भैरहेको तथ्य उजागर हुनु कस्तो विडम्बना । अहिले ट्राफिक प्रहरी कार्यालय मातहतका वृत्त र प्रभागका प्रमुखले रकम उठाउने काम क्युआरटीलाई लगाउने गरेका छन् भने बग्गीखानाका केही अधिकारीहरूले पनि उनीहरूलाई प्रयोग गर्ने गरेका छन् ।
थापाथली काण्ड
उपत्यका ट्राफिक प्रहरी कार्यालय मातहत कस्तोसम्म लज्जास्पद र घिनलाग्दो काम हुन्छ भन्ने कुराको अर्को ज्वलन्त उदाहरण थापाथली ट्राफिक प्रभागमा फेला परेको छ । थापाथली ट्राफिक प्रहरी प्रभागमा सहायक हवल्दार पदमा कार्यरत बिनिता थपलियाले क्युआरटीमा राम्रो काम गरेवापत नाडाले उनलाई सम्मान गर्ने भयो । सम्मान सँगसँगै उनले ५० हजार रूपैयाँको नगद पुरस्कार पनि प्राप्त गरिन् । अचम्मको कुरा बिचरा थपलियाले दुःख र मिहेनत गरेर नगद पुरस्कार पाइन । तर, थापाथली ट्राफिक प्रभागका प्रमुख प्रहरी निरीक्षक सरोज प्रजापतिले उनीसँग पुरस्कारवापत पाएको आधा रकम मागेछन् । थपलियाले रकम नदिएपछि कहिले मिठाइँ त कहिले मम अनि कहिले के के सामान माग्न थालेछन् । त्यो पनि थपलियाले दिइन तर अझै पनि प्रजापतिले आधा रकम अर्थात २५ हजार माग्न छोडेनन् । त्यसपछि पनि थपलियाले नदिएपछि उनलाई उक्त प्रभागको क्युआरटीबाट हटाए । यससम्बन्धमा