तीनकुनेको घटनामा संलग्न रहेको आरोपमा दिलबहादुर श्रेष्ठ पक्राउ

5.7k Shares

काठमाडौँ । चैत १५ मा तीनकुनेमा भएको प्रदर्शनमा अवाञ्छित गतिविधि गरेको आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा शाही युवा शक्तिमा आबद्ध दिलबहादुर श्रेष्ठ छन् । 

उनलाई सामाखुसीबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी अंगुर जिसीले रातोपाटीलाई बताए । शाही युवा शक्तिका अध्यक्ष पशुपति खड्कालाई प्रहरीले यसअघि नै पक्राउ गरेर राज्य विरुद्धको कसुरमा अनुसन्धान गरिरहेको छ । 

श्रेष्ठ शाही युवा शक्तिको दोस्रो वरीयतामा थिए । तीनकुने घटनामा संलग्न आरोपमा पक्राउ पर्नेको संख्या ७४ पुगेको छ ।

सम्बन्धित समाचार