अमेरिकामा भेटियो ४८६ खुट्टा भएको अदभुत जीव

17k Shares

लस एन्जलस, १२ साउन । अमेरिकाको दक्षिणी क्यालिफोर्नियामा ४८६ खुट्टा भएको अन्धो जीव फेला परेको छ । यो पेन्सिल सिसा जत्तिकै पातलो र पेपर क्लिप जत्तिकै लामो हुन्छ। यो जेलीफिस जस्तै पारदर्शी छ र जमिन मुनि चार इन्च भित्र बस्छ। यो एक स्टार बक्स क्याफे नजिकै फेला पर्‍यो, जो यसको हर्न जस्तो एन्टेना प्रयोग गरी आफनो गतिबिधि गर्ने पत्ता लागेको थियो  ।


जब वैज्ञानिकहरूले माइक्रोस्कोप मार्फत हेरे, यो अद्वितीय जीवको आश्चर्यजनक भौतिक गुणहरू सामने आएका थिए । भर्जिनिया पोलिटेक्निक इन्स्टिच्युटका जीव वैज्ञानिक पल मारेकले हलिउड चलचित्रको दानव जस्तो उक्त जीव देखिएको बताए। यो क्षेत्रलाई सोकैल नाम राखिएको छ।

 

‘हाम्रो खुट्टामुनि, दरारहरूमा, चट्टानहरू मुनि वा लस एन्जलसमा माटोको थुप्रोमा यीनीहरु घुमिरहेका हुनेछन भनेर सोच्नु अचम्मको कुरा हो,’ उनले भने। भर्जिनिया पोलिटेक्निक बाहेक वेस्ट भर्जिनिया र क्यालिफोर्निया विश्वविद्यालयका वैज्ञानिकहरू पनि यस खोजमा संलग्न थिए। उनको शोधपत्र जुकीज जर्नलमा प्रकाशित भएको छ ।

सम्बन्धित समाचार